ओलीले गर्ने ‘पञ्चर्‍याली’ हो, काठमाडौँमा ‘टाउको’ मै हान्ने आन्दोलनमा जुटौँ : प्रचण्ड « Khabarhub

ओलीले गर्ने ‘पञ्चर्‍याली’ हो, काठमाडौँमा ‘टाउको’ मै हान्ने आन्दोलनमा जुटौँ : प्रचण्ड

माघ २८ मा काठमाडौँमा बृहत प्रदर्शन


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले गर्ने र्‍यालीहरूलाई ‘पञ्च’ को जस्तो भएको टिप्पणी गरेका छन् ।

उनले ओलीको पञ्चर्‍यालीविरूद्ध काठमाडौँको टाउको मै हान्ने गरीको आन्दोलनको जरूरी भएकाले विशाल जनसहभागिताका लागि आह्वान समेत गरेका छन् ।

पेरिसडाँडाँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने पनि बताए ।

‘हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर छलफल गरेका थियौँ तर पार्टीको स्थायी कमिटी बैठकमा भएको समीक्षामा काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने महसुस गरेका छौँ । हामी अझ ठूलो आन्दोलन घोषणा गर्छौँ । त्यो बेला २५ हजार आउनुपर्‍यो तपाईँहरु । काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।”

केपी ओली समूहले पनि सभा गर्ने भनेको उल्लेख गर्दै उनले भने, “केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।”

माघ २८ मा काठमाडौँमा बृहत प्रदर्शन

दाहाल- नेपाल समूहले तेस्रो चरणको आन्दोलन पनि घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रममा माघ २८ मा फेरि बृहत प्रदर्शन गर्ने उल्लेख छ ।

घोषित कार्यक्रमअनुसार १३ गते सिठ्ठी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : ३६ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी