ओली, नेम्वाङ र खरेलसँग अर्कै संविधान छ : वरिष्ठ अधिवक्ता थापा « Khabarhub

ओली, नेम्वाङ र खरेलसँग अर्कै संविधान छ : वरिष्ठ अधिवक्ता थापा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।

संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा वहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँगै अलग्गै संविधान भएको भन्दै कटाक्ष गरेका छन् ।

‘मैले नयाँ कुरा गर्छु भन्ने होइन । यत्रो मित्रहरूले गरिसक्नुभयो । श्रीमानहरूबाट संविधान पल्टाएर प्रश्न आइरहेको छ । संविधान त्यै हो,’ उनले कटाक्ष गर्दै भने,’ ‘तर प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।’

सुनुवाइका क्रममा थापाले संसद विघटन के हो ? कस्तो अवस्थामा संसद विघटन हुन्छ ? र प्रधानमन्त्री ओलीले मुद्दाबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफबारे आफूले धारणा राख्ने बताएका छन् ।

यसअघि बहसमा सहभागी भएका अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्रीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको बताए ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार विघटनको पक्ष विपक्षमा बहस गर्न तीन सयभन्दा भढी वकिलहरुले वकालतनामा लेखाएका छन्।

बहस गर्नेको संख्या धेरै भएको तथा सुनुवाइमा अधिवक्ताले धेरै समय लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले एक जनालाई बढीमा आधा घण्टाको मात्रै समय तोकेर बहस अघि बढाइरहेका छन् ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको सुनुवाइ गरिरहेको छ ।

 

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : ३४ बजे

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना