प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनको आपत्ति, माफी माग्न माग « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनको आपत्ति, माफी माग्न माग


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्माले दिएको अभिव्यक्तिको विषयमा नेपाल बार एसोसिएसनले खेद प्रकट गरेको छ ।

एसोसिएसनले प्रधानमन्त्री ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै आपत्ति र खेद प्रकट गरेको हो ।

‘राज्यको प्रमुख निकाय कार्यपालिका प्रमुख प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीले मिति २०७७ माघ ९ गतेका दिन आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनी दिनुभएको अभिव्यक्ति संविधान, कानून र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल पनि छैन,’ विज्ञप्तिमा भनिएको छ ।

बारका महासचिव लिलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले तत्काल माफी माग्नसमेत माग गरिएको छ ।

उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी र अवहेलना जन्य कार्य समेत हो,’ विज्ञप्तिमा भनिएको छ ।

बारले प्रधानमन्त्रीले यस्ता किसिमका अभिव्यक्ति नदोहोर्‍याउन समेत चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : ३८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन