ओलीले गरेको भ्रष्टाचारको विषय उठाउँदा संसद विघटन : नेता नेपाल (भिडियोसहित) « Khabarhub

ओलीले गरेको भ्रष्टाचारको विषय उठाउँदा संसद विघटन : नेता नेपाल (भिडियोसहित)


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसंग बहुमत केन्द्रीय सदस्य रहेकाले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गरेका छन् ।

सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताएका हुन ।

उनले  निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाइ मान्यता दिन उल्लेख रहेको र उक्त संख्याको बहुमत आफूहरुसंग रहेको तर्क गर्नुभयो ।

नेता नेपालले सेटिङ गरेर नबस्न ओलीलाई चेतावनी दिँदै सूर्य चिन्ह पनि आफ्नो पक्षको हुने बताए । उनले भ्रष्टचारको मुद्दा उठाउँदा प्रधानमन्त्रीले संसद नै विघटन गरेको आरोप पनि लगााए ।

हेरौँ भिडियो

त्यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले आफूलाई काम गर्न नदिएर संसद विघटन गरेको भन्नु तर्कसंगत नरहेको बताए । प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको उनले आरोप लगाए ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ७ : ५२ बजे

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि