मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी « Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।

खेलको ४८औँ र ६८औँ मिनेटमा मेस्सीले गोल गरे । ७३औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ । इल्चे २१ अंकसहित रेलिगेसन जोनमा कायम छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : ३० बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप