च्याम्पियन्स लिगमा रियल मड्रिडको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा रियल मड्रिडको संघर्षपूर्ण जित


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

बुधबार राति भएको पहिलो लेगमा रियलले १० खेलाडीमा सीमित इटालियन क्लब एट्लान्टालाई १-० को झिनो अन्तरले पराजित गरेको हो ।

एट्लान्टाको मैदानमा रियललाई जित दिलाउन फेर्लान्ड मेन्डीले निर्णायक गोल गरे । खेलको ८६औँ मिनेटमा मेन्डीले निर्णायक गोल गरे । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे ।

त्यसअघि खेलको १७औँ मिनेटमा रिमो फ्रेलेरले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

रियल र एट्लान्टाबीचको दोस्रो लेग मार्च १६ मा रियलको मैदानमा हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : २० बजे

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको