च्याम्पियन्स लिगमा रियल मड्रिडको संघर्षपूर्ण जित « Khabarhub

च्याम्पियन्स लिगमा रियल मड्रिडको संघर्षपूर्ण जित


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

बुधबार राति भएको पहिलो लेगमा रियलले १० खेलाडीमा सीमित इटालियन क्लब एट्लान्टालाई १-० को झिनो अन्तरले पराजित गरेको हो ।

एट्लान्टाको मैदानमा रियललाई जित दिलाउन फेर्लान्ड मेन्डीले निर्णायक गोल गरे । खेलको ८६औँ मिनेटमा मेन्डीले निर्णायक गोल गरे । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे ।

त्यसअघि खेलको १७औँ मिनेटमा रिमो फ्रेलेरले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

रियल र एट्लान्टाबीचको दोस्रो लेग मार्च १६ मा रियलको मैदानमा हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका