कतारमा आप्रवासी श्रमिकले तीन पटकसम्म कम्पनी परिवर्तन गर्न पाउने « Khabarhub

कतारमा आप्रवासी श्रमिकले तीन पटकसम्म कम्पनी परिवर्तन गर्न पाउने



दोहा- कतारको सुरा काउन्सीलले कुनै पनि आप्रवासी श्रमिकले निश्चित प्रक्रिया पूरा गरेर तीनपटक सम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।

भर्चुल माध्यम मार्फत काउन्सिलका अध्यक्ष अहमद बिन अब्दुल्ला बिन जैद अल महमूदको अध्यक्षतामा सम्पन्न बैठकले काउन्सिलले तोकेका निश्चित प्रक्रिया पूरा गरेपछि तीन पटकसम्म आप्रवासी श्रमिकले रोजगारता कम्पनी परिवर्तन पाउने नियम ल्याएको जनाएको छ ।

बैठकले कुनै पनि कम्पनीमा कार्यरत कुल श्रमिक मध्ये बर्षमा बढीमा १५ प्रतिशतले मात्र रोजगारदाताको स्वीकृति विना नै रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न पनि सिफारिस गरेको काउन्सिललाई उद्धृत गर्दै पेनन्सुला अनलाइनले जनाएको छ ।

बैठकले सरकारी तथा अर्धसरकारी निकायद्दारा सञ्चालित काममा श्रमिक भर्ना गर्दा उनीहरुले रोजगारदाताको सहमति विना रोजगारदाता परिवर्तन गर्न नपाउने व्यवस्था सिफारिस गरेको जनाएको छ ।

रोजगारदाता परिवर्तन गर्न नपाउने समयावधि श्रमिक र रोजगारदाताले करारपत्रमा हस्ताक्षर गरेको दुई वर्षभन्दा बढी हुन नहुने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

कतार छोडेर जान लागेको अवस्थामा कुनै पनि श्रमिकले रोजगारदातालाई तीन दिन अगावै सन्देश पठाउने व्यवस्था गर्नसमेत काउन्सिलले कतारको आन्तरिक मन्त्रालयलाई आग्रह गरेको छ ।

नयाँ पारिश्रमिक मार्चदेखि

कतारको नयाँ श्रम नियम अनुसार अब घरेलु कामदार तथा अन्य श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल हुनेछ ।

जसअनुसार तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय कतारी रियाल हुनेछ ।

यदि कम्पनीले बस्ने आवासको व्यबस्था नगरेको खण्डमा आवासका लागि छुट्टै ५ सय कतारी रियाल दिनुपर्ने व्यवस्था गरिएको छ । समग्रमा न्युनतम १ हजार ८ सय कतारी रियाल पाउने गरी नयाँ कानुन मार्च महिनादेखि लागू हुनेछ ।

साथै कम्पनी परिवर्तन गर्न चाहेमा आवश्यक प्रक्रिया पुरा गरेर सहजै (एनओसी लेटर) बिनानै आफूलाई मन लागेको कम्पनीमा जान सकिने छ । योसंगै कतारमा मार्चदेखि सामान्य काम गर्ने लेवरले कम्पनीले खान बस्न दिएको खण्डमा ८ घण्टाको १ हजार कतारी रियाल पाउनेछ ।

कतारमा विभिन्न पेशामा गरि ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत रहेको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ९ : ३५ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर