नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, मृतक ८३ थपिए « Khabarhub

नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, मृतक ८३ थपिए


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ । यसैगरी विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका थप ८२ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित हिजोको तथ्यांकमा थप ८३ मृतकको संख्या थपिएको छ । मन्त्रालयका अनुसार योसहित हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख २ हजार ७६७ पुगेको हो ।

थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ४११ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ६० जना पुरुष गरी कुल ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार २२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ४ : ३७ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम