रुखले च्यापिँदा जगदुल्ला गाउँपालिकाकी वडा सदस्यको मृत्यु « Khabarhub

रुखले च्यापिँदा जगदुल्ला गाउँपालिकाकी वडा सदस्यको मृत्यु


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु भएको छ ।

तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

जंगलमा भेडा चराउन गएको बेला खस्रुको रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएको विकलाई उपचारको लागि घरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पाण्डेले बताए ।

घटनाका बिषयमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काईगाउँबाट प्रहरी टोली खटाइएको छ ।

मृतक विक स्थानीय तहको निर्वाचनमा जगदुल्ला गा‍उँपालिका वडा नं.३ को दलित महिला सदस्यमा निर्वाचितसमेत रहेकी प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ५ : ५० बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन