भारतीय प्रधानमन्त्री मोदीले गरे विन्टर गेम्सको उद्घाटन « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे विन्टर गेम्सको उद्घाटन


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘खेलो ईन्डीया विन्टर गेम्स’ को दोस्रो संस्करणको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा भिडियो मार्फत खेलको उद्घाटन गरेसँगै जम्मूकाश्मीरस्थित गुलमार्गमा प्रतियोगिता शुरू भएको छ ।

सो अवसरमा मोदीले जम्मू काश्मीर शीत खेलका लागि केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गरे ।  विन्टर गेम्स ले जम्मू काश्मीर शान्ति र विकासका लागि तयार रहेको संकेत देखाएको प्रधानमन्त्री मोदीको भनाइ छ ।

उद्घाटन समारोहमा भारतका २७ वटा राज्य र केन्द्र शासित क्षेत्रका खेलाडीहरुले मार्च पास गरेका थिए ।

यो खेलले अन्तर्राष्ट्रिय विन्टर गेम्समा भारतको उपस्थिति दर्शाउनका साथै श्रेष्ठ भारत अभियानलाई मजबुत बनाउने प्रधानमन्त्री मोदीको विश्वास छ ।

खेलो इन्डिया अभियान अन्तर्गत श्रीनगर र जम्मूमा उत्कृष्ट केन्द्रहरु र जम्मू काश्मीरको सबै २० जिल्लामा यसको केन्द्रहरु स्थापना गर्ने प्रधानमन्त्री मोदीले बताए ।

स्रोत: ईन्डीया ब्लुम्स 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : ३५ बजे

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन