भागरथी हत्या प्रकरण : मृतकको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो « Khabarhub

भागरथी हत्या प्रकरण : मृतकको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बैतडीकी किशोरी भागरथी भट्टको हत्या प्रकरणका अभियुक्त दिनेश भट्टको डीएनए मृतकको ‘भजाइनल स्वाब’ बाट निकालिएको डीएनएसँग मेल खाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा डीएनए मिलेको पाइएको हो ।

भागरथीको हत्या अभियुक्त दिनेशलाई अहिले पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएको छ । अभियुक्त दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले विधि विज्ञान प्रयोगशालामा अभियुक्त दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाब पठाइएको आज मात्रै रिपोर्ट आएको पुष्‍टि गरे । उनले भने, ‘दिनेश नै दोषी हुन् भन्ने आधार प्रहरीसँग प्रशस्त थियो । डीएनए पनि मेल खाएपछि मुद्दा झनै बलियो भएको छ ।’

यसअघि दिनेशले पुर्पक्षमा रहेको अवस्थामा बयान फेरेका थिए । जिल्ला अदालत बैतडीको आदेशपछि डोटीको दीपायलस्थित सुधार गृहमा रहेका दिनेशले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लन व्यक्तिलाई आफूले देखेको भन्दै बयान दिएका थिए ।

त्यसअघि, भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुबा दीपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  २ : २१ बजे

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल