जेलबाटै रशेम चौधरीले भने : सरकारमा जाने–नजाने पार्टीको निर्णयमा बाधक बन्दिनँ « Khabarhub

जेलबाटै रशेम चौधरीले भने : सरकारमा जाने–नजाने पार्टीको निर्णयमा बाधक बन्दिनँ


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टीले लिने निर्णयमा आफू बाधक नबन्‍ने बताएका छन् ।

डिल्लीबजार कारगारमा रहेका चौधरीले बिहीबार एक विज्ञप्ती जारी गर्दै आफ्नोबारे भ्रामक र कपोकल्पित कुराहरूको प्रचार भएकोमा ध्यानाकर्षण भएको जनाउँदै जसपा सरकारमा जाने/नजाने पार्टीको निर्णय हुने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपा र एमालेबीच वार्ता चलिरहेका बेला आफू त्यसमा असहमत रहेको भन्ने किसिमले प्रचार भएकोमा त्यसमा सत्यता नरहेको उनले बताएका छन् ।

चौधरीले सरकारमा जाने या नजाने विषय पार्टीले टुंग्याउने र पार्टीको निर्णय अवज्ञा गर्नेबारे आफूले कल्पनासम्म नगर्ने बताएका छन् ।

‘सरकारमा सहभागी हुने/नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन,’ उनले भनेका छन्,‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा बाधक बन्ने कुराको म कल्पनासमेत गर्न सक्दिनँ ।’

सरकारमा जाने/नजाने विषयमा जसपाभित्र दुई खेमा छ । पूर्व राजपा पक्ष अहिलेको सरकारलाई समर्थन जनाएर जाने पक्षमा छ भने पूर्वसंघीय समाजवादी पार्टी पक्ष त्यसको विरोधमा छ । यसबारे चौधरीलाई जोडेर प्रचार भएपछि जसपाका नेता राजेन्द्र महतो बुधबार डिल्लीबजार कारागार पुगेका थिए ।

सत्ता सहकार्यका लागि जसपाले कारागारमा रहेका चौधरीको रिहाइ हुनुपर्ने विषयलाई प्रमुख सर्त बनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ४ : ५७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व