नेपाल किर्गिस्तानसँग बराबरीमा रोकियो « Khabarhub

नेपाल किर्गिस्तानसँग बराबरीमा रोकियो


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको आफ्नो पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली खेलाडी किर्गिस्तानमाथि हाबी भए पनि जीत निकाल्न सकेनन् । गोल गर्ने थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो ।

खेलको चौंथो मिनेटमा तेज तामाङ फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको दशौँ मिनेटमा त्रिदेभ गुरुङको कर्नरमा अनन्त तामाङको हेड बल समेत पोस्ट नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउन चुकेको थियो ।

खेलको १४ औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लाग्दै फर्किदा नेपाल पुन अग्रता बनाउन चुकेको थियो । खेलको ३३ औं मिनेटमा रबी पासवानको पासमा अन्जनले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको सुरुवातमा किर्गिस्तानले नेपालविरुद्ध केहि आक्रमण गर्‍यो । खेलको ६७ औं मिनेटमा कप्तान टासिभ कामोलिदीन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो ।

यो बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना छ ।

यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेशको १ खेलमा ३ अंक छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : ३४ बजे

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित