अख्तियारद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कागजात जफत « Khabarhub

अख्तियारद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कागजात जफत


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-  मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतका कागजपत्र अख्तियार दुरुपयोग अनुसनधान आयोगले जफत गरेको छ ।

विश्वविद्यालयको विषयमा उजुरी परेपछि बिहीबार कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

कर्मचारी नियुक्ति सम्बन्धी कागजातहरु आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको सुर्खेत अख्तियार कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

उनले भने, ‘नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा चिठी दिएर नियमति प्रकिया अनुसार कागजात नियन्त्रणमा लिएको छ ।’

विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरी परेपछि अख्तियारले आवश्यक अनुसन्धानको लागि कागजात नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १० : २५ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान