फ्रेन्च लिग वान : एम्बाप्पेको २ गोल, पीएसजी शीर्ष स्थानमा उक्लियो « Khabarhub

फ्रेन्च लिग वान : एम्बाप्पेको २ गोल, पीएसजी शीर्ष स्थानमा उक्लियो


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पीएसजीले मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए । एम्बाप्पेले खेलको चौथो र ५९औँ मिनेटमा गोल गरे । अर्को गोल माउरो इकार्डीले खेलको ८९औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसैगरी मेट्जका लागि एक गोल फाबिएन सेन्टोनजले खेलको ४६औँ मिनेटमा फर्काएका थिए ।

जितसँगै पीएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीको ३४ खेलमा ७२ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लिलेको ३३ खेलमा ७० अंक रहेको छ ।

त्यसैगरी हार बेहोरेको मेट्जको भने ३४ खेलमा ४३ अंक छ र लिगमा १०औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ३३ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको