कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै उजुरी गर्न सकिने « Khabarhub

कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै उजुरी गर्न सकिने


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै कामदारले उजुरी गर्न सक्ने भएका छन् ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले सोमबार ‘गुनासो र व्हिसलब्लोवर्सका लागि एकीकृत प्लेटफर्म’ को सुरु गरेको हो ।

मन्त्रालयका अनुसार पहिलो चरण शुरूमा निजी क्षेत्रका कर्मचारी र कामदारका साथै घरेलु कामदारहरूलाई गुनासो पेश गर्न अनुमति दिएको जनाएको छ ।

नागरिक र बासिन्दाहरूलाई श्रम कानूनको सामान्य उलङ्घन बारेमा ह्वाइटलब्लोर गुनासो पेश गर्न अनुमति दिएको हो ।

इलेक्ट्रोनिक प्लेटफर्मको माध्यमबाट नागरिकहरू, प्रवासीहरू र प्रतिष्ठानहरूले कतारको श्रम कानून प्रावधानको अधीनमा रहेका संस्थाहरूको बिरूद्ध उजुरी गर्न सक्ने मन्त्रालयलाई उद्धृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।

कतारको २००४ कानून नं १४ र घरेलु श्रमिक २०१७ को कानून नं १५ अन्तर्गत पर्ने कामदार अथवा श्रम मन्त्रालयले नियमित गरेका व्यवसायिक कामदारले यो नयाँ प्लेटफर्मबाट उजुरी गर्न सक्नेछन् ।

यो प्लेटफर्मको माध्यमबाट प्रयोगकर्ताले गुनासो पेश गर्न वा उलङ्घन रिपोर्ट गर्न, उजूरीमा अनुगमन गर्न र आफ्नो व्यक्तिगत डाटा समीक्षा गर्न सक्दछ । यो डाटाबेस मन्त्रालयमा दर्ता गरिएको छ जसमा कामदारले आफ्नो सम्पर्क डाटा मोबाइल नम्बर र ईमेलबाट अपडेट गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

कतार सरकारले सुरु गरेको यो प्लेटफर्मबाट कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई आफ्ना गुनासो तथा समस्याहरु राख्नमा थप सहज हुने छ ।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : १० बजे

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा