भीम रावलमाथि जसपा नेता प्रदीप यादवको आक्रोश : तपाईंले भ्रम फैलाउनुहुन्छ भन्ने लागेको थिएन « Khabarhub

भीम रावलमाथि जसपा नेता प्रदीप यादवको आक्रोश : तपाईंले भ्रम फैलाउनुहुन्छ भन्ने लागेको थिएन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता वितरणका विषयमा नेता भीम रावलको टिप्पणीमाथि जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवले आक्रोश पोखेका छन् ।

नेता रावलले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिको कडा जवाफ दिँदै उनले जिम्मेवार व्यक्तिले नै भ्रमण छर्ने काम गरेको आरोप लगाए ।

नेता रावलले तराईका जनतासँग भद्धा मजाक गरेको बताए ।

नेता रावलले लेखेका थिए, ‘विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रम केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि ? नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !’

त्यसको जवाफ दिँदै यादवले भनेका छन्, ‘माननीय भीम रावल जी, तपाई त देश चिनेको नेता तर मधेश मात्र चिन्नु भएन। नागरिकको गरिमा बुझेर बोलेको भए राम्रो हुन्थ्यो । म वीरगंजबाट निर्वाचित सांसद हुँ । वीरगंज अहिले कोरोना महामारीसँग जुधिरहेको छ। कोरोना ले गर्दा यहाँको नागरिकको ज़्यान दैनिक रूपमा गईरहेको छ यहाँको अवस्था अत्यन्तै जटिल/भयावह छ । यहाँको नागरिक जीवन र मृत्युसँग जुधिरहेका छन् । र यहाँका स्थानीय प्रशासनले महिनौँदेखि निषेधाज्ञा लगाएको छ र यहाँको जिल्ला प्रशासन कार्यालय लगायात सबै कार्यालयहरू बन्द छ। सवै कार्यालय बन्द रहँदा कुन कार्यालयबाट नागरिकता वितरण भईरहेको छ भिम रावल जी ? तपाईं जस्तो बौद्धिकता भएको मान्छेले भ्रम फैलाउँछ भने मलाई लागेको थिएन।’

उनले भीम रावल आफैँमा फेक व्यक्ति भएको आरोप लगाए । उनले विमान खरिद प्रकरणमा अख्तियारले छानविन थालेपछि तिरमिराएर जथाभावी बोलेको प्रतिक्रिया दिए । नेता यादवले रावल रक्षामन्त्री हुँदा सेनापतिसँग मिलेर बजारमूल्यभन्दा दोब्बरमा इण्डोनेसीयाबाट बिमान खरिद गरेको प्रकरणमा अहिले अख्तियारले छानविन थालेपछि आत्तिएर जथाभावी बोलेको पनि बताए ।

उनले भने भर्खरै डा लेख्न थाल्ने बन्दुकेको कामनै भ्रम छर्ने रहेको भन्दै आक्रोश पोखे ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ११ : ५५ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज