भीम रावलमाथि जसपा नेता प्रदीप यादवको आक्रोश : तपाईंले भ्रम फैलाउनुहुन्छ भन्ने लागेको थिएन « Khabarhub

भीम रावलमाथि जसपा नेता प्रदीप यादवको आक्रोश : तपाईंले भ्रम फैलाउनुहुन्छ भन्ने लागेको थिएन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता वितरणका विषयमा नेता भीम रावलको टिप्पणीमाथि जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवले आक्रोश पोखेका छन् ।

नेता रावलले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिको कडा जवाफ दिँदै उनले जिम्मेवार व्यक्तिले नै भ्रमण छर्ने काम गरेको आरोप लगाए ।

नेता रावलले तराईका जनतासँग भद्धा मजाक गरेको बताए ।

नेता रावलले लेखेका थिए, ‘विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रम केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि ? नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !’

त्यसको जवाफ दिँदै यादवले भनेका छन्, ‘माननीय भीम रावल जी, तपाई त देश चिनेको नेता तर मधेश मात्र चिन्नु भएन। नागरिकको गरिमा बुझेर बोलेको भए राम्रो हुन्थ्यो । म वीरगंजबाट निर्वाचित सांसद हुँ । वीरगंज अहिले कोरोना महामारीसँग जुधिरहेको छ। कोरोना ले गर्दा यहाँको नागरिकको ज़्यान दैनिक रूपमा गईरहेको छ यहाँको अवस्था अत्यन्तै जटिल/भयावह छ । यहाँको नागरिक जीवन र मृत्युसँग जुधिरहेका छन् । र यहाँका स्थानीय प्रशासनले महिनौँदेखि निषेधाज्ञा लगाएको छ र यहाँको जिल्ला प्रशासन कार्यालय लगायात सबै कार्यालयहरू बन्द छ। सवै कार्यालय बन्द रहँदा कुन कार्यालयबाट नागरिकता वितरण भईरहेको छ भिम रावल जी ? तपाईं जस्तो बौद्धिकता भएको मान्छेले भ्रम फैलाउँछ भने मलाई लागेको थिएन।’

उनले भीम रावल आफैँमा फेक व्यक्ति भएको आरोप लगाए । उनले विमान खरिद प्रकरणमा अख्तियारले छानविन थालेपछि तिरमिराएर जथाभावी बोलेको प्रतिक्रिया दिए । नेता यादवले रावल रक्षामन्त्री हुँदा सेनापतिसँग मिलेर बजारमूल्यभन्दा दोब्बरमा इण्डोनेसीयाबाट बिमान खरिद गरेको प्रकरणमा अहिले अख्तियारले छानविन थालेपछि आत्तिएर जथाभावी बोलेको पनि बताए ।

उनले भने भर्खरै डा लेख्न थाल्ने बन्दुकेको कामनै भ्रम छर्ने रहेको भन्दै आक्रोश पोखे ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ११ : ५५ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष