अगष्ट मध्यमा अक्षयको ‘सूर्यवंशी’ « Khabarhub

अगष्ट मध्यमा अक्षयको ‘सूर्यवंशी’


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ अगष्ट १५ मा रिलिज हुने भएको छ । फिल्मका निर्देशक रोहित सेठ्ठी र निर्माता करण जोहारबीच यो मितिमा फिल्म रिलिज गर्ने सहमति भएको हो ।

बलिउड लाइफका अनुसार कोभिड महामारीले बन्द भएका थिएटर खुल्नासाथ फिल्म रिलिज गर्ने तयारीमा रोहित र करण छन् । यद्यपि यही समयमा अक्षयको अर्को फिल्म ‘बेल बटम’ पनि रिलिज गर्ने तयारीमा निर्माताहरु छन् ।

फिल्म ‘बेल बटम’का निर्माताले फिल्मलाई डिजिटल रिलिजको तयारी गरेका छन् । यो फिल्मलाई अमेजन प्राइम भिडियोमा अगष्ट १५ मै रिलिज गर्ने तयारी गरिएको छ ।

जसका लागि अमेजनका मालिकले अक्षयको फिल्मका निर्मातालाई निकै महंगो रकम दिएका छन् । यहीकारण फिल्म निर्माताले थिएटरलाई पर्खनुभन्दा ओटीटीमै फिल्म रिलिज गर्ने निर्णय लिएका छन् ।

फिल्म ‘सूर्यवंशी’ गत वर्षको इदमा रिलिज हुने तयारीमा थियो । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै भारतमा कोभिड महामारी फैलिएपछि फिल्म रिलिज तत्कालका लागि रोकिएको थियो । यो फिल्ममा अक्षयसँगै कटरीना कैफ, रणवीर सिंह, अजय देवगनलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १२ : १५ बजे

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार