अगष्ट मध्यमा अक्षयको ‘सूर्यवंशी’ « Khabarhub

अगष्ट मध्यमा अक्षयको ‘सूर्यवंशी’


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ अगष्ट १५ मा रिलिज हुने भएको छ । फिल्मका निर्देशक रोहित सेठ्ठी र निर्माता करण जोहारबीच यो मितिमा फिल्म रिलिज गर्ने सहमति भएको हो ।

बलिउड लाइफका अनुसार कोभिड महामारीले बन्द भएका थिएटर खुल्नासाथ फिल्म रिलिज गर्ने तयारीमा रोहित र करण छन् । यद्यपि यही समयमा अक्षयको अर्को फिल्म ‘बेल बटम’ पनि रिलिज गर्ने तयारीमा निर्माताहरु छन् ।

फिल्म ‘बेल बटम’का निर्माताले फिल्मलाई डिजिटल रिलिजको तयारी गरेका छन् । यो फिल्मलाई अमेजन प्राइम भिडियोमा अगष्ट १५ मै रिलिज गर्ने तयारी गरिएको छ ।

जसका लागि अमेजनका मालिकले अक्षयको फिल्मका निर्मातालाई निकै महंगो रकम दिएका छन् । यहीकारण फिल्म निर्माताले थिएटरलाई पर्खनुभन्दा ओटीटीमै फिल्म रिलिज गर्ने निर्णय लिएका छन् ।

फिल्म ‘सूर्यवंशी’ गत वर्षको इदमा रिलिज हुने तयारीमा थियो । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै भारतमा कोभिड महामारी फैलिएपछि फिल्म रिलिज तत्कालका लागि रोकिएको थियो । यो फिल्ममा अक्षयसँगै कटरीना कैफ, रणवीर सिंह, अजय देवगनलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १२ : १५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी