दीपिका बन्लिन् ‘डाकु रुपमती’ ? « Khabarhub

दीपिका बन्लिन् ‘डाकु रुपमती’ ?


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका प्रख्यात निर्देशक सञ्जय लीला भन्साली हालका दिनमा एकपछि अर्को प्रोजेक्टमा व्यस्त छन् । केही दिन अघि सञ्जयले अभिनेता शाहरुख खानसँग फिल्म ‘इजहार’मा सहकार्य गर्ने चर्चा चलिरहँदा यी निर्देशक आफ्नो प्रिय अभिनेत्री दीपिका पादुकोणसँग ‘बैजू बावरा’का लागि कुराकानी गरिरहेका छन् ।

बलिउड लाइफका अनुसार फिल्मको चरित्रका लागि सञ्जय र दीपिकाबीच कैयौंपटक कुराकानी भइसकेको छ । सञ्जयको फिल्मका लागि दीपिकाले ग्रीन सिग्नल दिइन भने यो फिल्ममा दीपिकाले सन् १९५२ की डाकु रानी रुपमतीको भूमिका निभाउनेछिन् । सञ्जय र दीपिका दुवैले फिल्मको चरित्रको बारेमा चर्चा गरेका छन् ।

दीपिकालाई फिल्ममा अनुबन्धका लागि केही कागजी प्रक्रिया बाँकी रहेको छ । केही बुँदामा दुवै पक्षबीच सहमति भएपछि कामको सम्झौता हुनेछ ।

‘भन्साली हाल ‘गंगूबाई काठियावाडी’को सम्पादन र पोस्ट प्रोडक्सनको काम गरिरहेका छन् । त्यही स्थानमा ‘बैजू बावरा’को टिम स–सानो काम गरिरहेका छन् । दीपिकाले सहमति जनाउनासाथ अन्य कलाकारको लागि कुराकानी अगाडि बढ्नेछन् ।’, फिल्म सम्बद्ध स्रोतले भनेको छ ।

फिल्मको सुटिङ आगामी वर्षको मध्यबाट सुरु हुनेछ । दीपिका र सञ्जयले यसअघि ‘गोलियों की रासलीलाः राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता फिल्ममा सहकार्य गरिसकेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १२ : ४५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी