भीम रावलमाथि सूर्य थापाको टिप्पणी : दुनियाँ भड्काउने कोसिस धेरै टिक्न पाएन « Khabarhub

भीम रावलमाथि सूर्य थापाको टिप्पणी : दुनियाँ भड्काउने कोसिस धेरै टिक्न पाएन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का पूर्व नेता भीम रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको भन्दै गरेको ट्वीटको सर्वत्र आलोचना भएपछि हटाएका छन् । उक्त ट्वीट डिलिट भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रावलको दुनियाँ भड्काउने कोसिस धेरै टिक्न नपाएको भन्दै कटाक्ष गरेका छन् ।

नाका बन्द रहेको अवस्थामा कसरी भारतीय नेपाल आए ? स्थानीय प्रशासन समेत बन्द रहेको अवस्थामा यस्तो अफवाह फैलाउने भन्दै प्रतिप्रश्न ओईरिएपछि र सामाजिक सञ्जालमा भ्रम फिजाउने काम गरेको भन्दै चर्को आलोचना भएपछि नेता रावलले उक्त ट्वीट हटाएर अर्को एक ट्वीट गरेका थिए ।

यसपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले रावलको झूठ प्रचारबाजी धेरै टिक्न नपाएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘भीम रावल पिएचडीको झूठ प्रचारबाजी र दुनियाँ भड्काउने कोसिस धेरै टिक्न पाएन !
यिनले राष्ट्रवादी कहलिन कतिसम्म गर्छन् भन्ने स्पष्ट नै छ । अझ सरकारले जवाफ देओस भन्ने यिनले कहिले लेखेका रहेछन् ? नक्कली अभिनय र भ्रमको पर्दा यसरी स्वत: च्यातिँदै छ । गोयवल्स सिद्धान्तको अभ्यास !’

रावलले डिलिट गरेको ट्वीट

…………………………………………………………………………………………………………………………………………………………………………………………………….

पछिल्लो ट्वीट

 

सूर्य थापाको ट्वीट

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : १४ बजे

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप