ओलीले गरेको कारबाही औचित्यहिन : माधव नेपाल « Khabarhub

ओलीले गरेको कारबाही औचित्यहिन : माधव नेपाल


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट निस्काशित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका नेताहरुमाथी गरिएको कारबाही औचित्यहिन र अर्थहिन रहेको टिप्पणी गरेका छन् ।

फेसबुकमार्फत अपिल जारी गर्दै नेता नेपालले केपी ओलीका कारण एमाले विभाजनको अबस्थामा पुगेको र अध्यक्ष ओलीले एमाले विभाजन गर्ने काम फत्ते गरेको भन्दै कारबाहीको कुनै अर्थ नहरहेको स्पष्ट पारेका हुन् ।

‘कमरेड जेएन खनाल, म, क. मुकुन्द न्यौपाने, क. भीम रावलसहित ११ जना माथि कारबाही भन्दै पार्टी सदस्यबाटसमेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहिन, अनाधिकारिक र अर्थहिन रहेको कुरा स्पष्ट पार्दछु,’ नेता नेपालले जारी गरेको अपिलमा भनिएको छ ।

उनले केपी ओली नेतृत्वको सरकारलाई हटाउनु नै अबको पहिलो काम भएकोसमेत भनेका छन् । नेता नेपालले अब कानूनी र राजनीतिक तथा सडक आन्दोलन गर्ने चेतावनी दिँदै भनेका छन्,‘अब हामी माथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा सुम्पेको भन्दै उनले ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : १२ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको