ओलीले गरेको कारबाही औचित्यहिन : माधव नेपाल | Khabarhub Khabarhub

ओलीले गरेको कारबाही औचित्यहिन : माधव नेपाल


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट निस्काशित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका नेताहरुमाथी गरिएको कारबाही औचित्यहिन र अर्थहिन रहेको टिप्पणी गरेका छन् ।

फेसबुकमार्फत अपिल जारी गर्दै नेता नेपालले केपी ओलीका कारण एमाले विभाजनको अबस्थामा पुगेको र अध्यक्ष ओलीले एमाले विभाजन गर्ने काम फत्ते गरेको भन्दै कारबाहीको कुनै अर्थ नहरहेको स्पष्ट पारेका हुन् ।

‘कमरेड जेएन खनाल, म, क. मुकुन्द न्यौपाने, क. भीम रावलसहित ११ जना माथि कारबाही भन्दै पार्टी सदस्यबाटसमेत निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहिन, अनाधिकारिक र अर्थहिन रहेको कुरा स्पष्ट पार्दछु,’ नेता नेपालले जारी गरेको अपिलमा भनिएको छ ।

उनले केपी ओली नेतृत्वको सरकारलाई हटाउनु नै अबको पहिलो काम भएकोसमेत भनेका छन् । नेता नेपालले अब कानूनी र राजनीतिक तथा सडक आन्दोलन गर्ने चेतावनी दिँदै भनेका छन्,‘अब हामी माथि कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको छ ।’

कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा सुम्पेको भन्दै उनले ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : १२ बजे

अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार

नेदरल्यान्ड – अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न

स्थानीय तह उपनिर्वाचन : ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको

वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

काभ्रे । वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म

आजका समाचार : रविलाई चितवनमा पनि संकट, आए भारतीय सेना प्रमुख र अमेरिकी कदमले विश्वभर तनाव

ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न माग प्रधानमन्त्री केपी शर्मा

अधिवक्ता कमल प्रसाद इटनी सम्मा‍‍‍नित

काठमाडौं – वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कारबाट