काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निषेधाज्ञालाई थप कडाइ गरिने « Khabarhub

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो, निषेधाज्ञालाई थप कडाइ गरिने


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।

मंगलबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप्दै जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेको हो ।

भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

थप गरिएको निषेधाज्ञा जेठ १४ गते शुक्रबार बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने ललितपुर प्रजिअ निरौलाले बताए ।

शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । अहिले बिहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ । उनका अनुसार तरकारी पसल भने बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको प्रजिअ भट्टराईको भनाइ छ । एकसाताको परिस्थिति हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : २८ बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव