काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पीसीआर परीक्षणमा ८ हजार ३८७ र ६३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४९ जना गरी कुल ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थपिए २ हजार ६१३ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८६३ जना, भक्तपुरमा ३२३ जना र ललितपुरमा ४२७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ८६६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १८३
१०-१९ वर्ष – ६७६
२०-२९ वर्ष – १८६६
३०-३९ वर्ष – १८४८
४०-४९ वर्ष – १४७७
५०-५९ वर्ष – ११४२
६०-६९ वर्ष – ६७६
७०-७९ वर्ष – ३४९
८०-८९ वर्ष – १२५
९०-१०० वर्ष- २६
अज्ञात – १९
कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा ३५, ओखलढुंगामा २४, खोटाङमा ३, झापामा १८०, ताप्लेजुङमा ६, तेह्रथुम १, धनकुटामा ११५, पाँचथर ४, भोजपुरमा ३, मोरङमा ४१७, संखुवासभामा ११, सोलुखुम्बु २ र सुनसरी २६७ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा ११७, पर्सामा ३१, बारामा ५८, महोत्तरीमा ३०, रौतहटमा १४, सप्तरीमा ८१, सर्लाहीमा १७३ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८६३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ३२८, चितवनमा ११९, दोलखामा ४९, धादिङमा २०१, नुवाकोटमा ६९, भक्तपुरमा ३२३, मकवानपुरमा १०३, रसुवा ५९, रामेछापमा १४३, ललितपुरमा ४२७, सिन्धुपाल्चोकमा २७१ र सिन्धुली ७५ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५७८, गोरखामा १२१, तनहुँमा ६८, नवलपरासी पूर्वमा ६५, पर्वत ११२, म्याग्दी १९, लमजुङमा १४४, बागलुङमा ७ र स्याङजामा ३८ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ८, गुल्मीमा ७, दाङमा १५९५, नवलपरासीमा २४, पाल्पामा ७७, प्यूठानमा ९, बर्दियाका ६५, बाँकेमा ९५, रुकुम पूर्व १, रुपन्देहीमा २२४ र रोल्पामा ८ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा २, जुम्ला ९, दैलेखमा ३९, रुकुम पश्चिममा ४, सल्यानमा २६, सुर्खेतमा १४४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ९२, कञ्चनपुरमा १३०, कैलालीमा ३७५, डडेल्धुरामा ३३, डोटी ५, दार्चुला २३, बझाङ १ र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
६३ जिल्ला ‘रेडजोन’मा
नेपालका ६३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६३ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।
जसमध्ये ५० जिल्लामा पाँच सयभन्दा बढी र अन्य १३ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, धनकुटामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी, सिराहा, सर्लाही र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा सुदुरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यी हुन् २०० बढी सक्रिय संक्रमित रहेका जिल्ला
मन्त्रालयका अनुसार प्रदेश १ को इलाम, ताप्लेजुङ, उदयपुर, ओखलढुंगा, संखुवासभा, खोटाङ २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै बागमती प्रदेशको रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशको बागलुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।
कर्णाली प्रदेशको जाजरकोट, कालिकोट र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको दार्चुलामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
२ हजार ११९ संक्रमित आईसीयू र भेन्टिलेटरमा
मन्त्रालयका अनुसार २ हजार ११९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ६७२ कोरोना संक्रमितको आईसीयूमा र ४४७ को भेन्टिलेटरमा गरी कुल २ हजार ११९ जना उपचाररत छन्।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २१० जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १८६ आईसीयूमा र ३८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८४९ जना आईसीयूमा र २७९ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा १५६ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १८० जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा, कर्णालीमा ५५ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३६ जना आईसीयू र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
निको हुने दर ७६.६ प्रतिशत
पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
थप १६९ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १६९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ७०० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया