जन्मदिनमा शाहरुखपुत्री सुहानालाई विवाह प्रस्ताव ! « Khabarhub

जन्मदिनमा शाहरुखपुत्री सुहानालाई विवाह प्रस्ताव !


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खानकी छोरी सुहाना खान प्रायः चर्चाको विषय बन्छिन् । सुहानाले हालसम्म बलिउडमा पाइला चालेकी छैनन् । तर उनको लोकप्रियता कुनै स्टारको भन्दा कम छैन ।

सुहानाले हालैमात्र आफ्नो २१ औं जन्मदिन मनाइन् । रोचक कुरा के छ भने उनको जन्मदिनमा उनलाई विवाहको प्रस्ताव पनि आएको छ ।

दैनिक जागरणका अनुसार सुहानाको जन्मदिनमा उनकी आमा गौरीले ट्वीटरमा एक पोस्ट शेयर गरेकी थिइन् । जसमा उनले सुहानाको तस्वीरसँगै जन्मदिनको शुभकामना दिएकी थिइन् । गौरीले तस्वीरसँगै ‘ह्याप्पी बर्थडे, तिमी निकै राम्री छौं आज, भोलि र जहिल्यै’ लेखेकी थिइन् ।

गौरीको यो पोस्टमा कैयौंले प्रतिक्रिया दिँदै सुहानालाई शुभकामना दिएका थिए । त्यही भीडमा एक प्रयोगकर्ताले प्रतिक्रिया दिँदै सुहानासँग आफूले विवाह गर्न चाहेको उल्लेख गरेका थिए ।

‘गौरी मेम मेरो विवाह सुहानासँग गराइदिनुहोला । मेरो मासिक तलब एकलाख बढी छ’, ती प्रयोगकर्ताले लेखेका छन् ।

ती व्यक्तिको यो प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएको छ । कैयौंले यो प्रतिक्रियामा अर्को प्रतिक्रिया दिँदै ‘तस्वीरमा सुहानाले बोकेको ब्यागको मूल्य नै तीन लाख रुपैंयाँ हो’ भनी लेखेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ४५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,