जन्मदिनमा शाहरुखपुत्री सुहानालाई विवाह प्रस्ताव ! « Khabarhub

जन्मदिनमा शाहरुखपुत्री सुहानालाई विवाह प्रस्ताव !


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खानकी छोरी सुहाना खान प्रायः चर्चाको विषय बन्छिन् । सुहानाले हालसम्म बलिउडमा पाइला चालेकी छैनन् । तर उनको लोकप्रियता कुनै स्टारको भन्दा कम छैन ।

सुहानाले हालैमात्र आफ्नो २१ औं जन्मदिन मनाइन् । रोचक कुरा के छ भने उनको जन्मदिनमा उनलाई विवाहको प्रस्ताव पनि आएको छ ।

दैनिक जागरणका अनुसार सुहानाको जन्मदिनमा उनकी आमा गौरीले ट्वीटरमा एक पोस्ट शेयर गरेकी थिइन् । जसमा उनले सुहानाको तस्वीरसँगै जन्मदिनको शुभकामना दिएकी थिइन् । गौरीले तस्वीरसँगै ‘ह्याप्पी बर्थडे, तिमी निकै राम्री छौं आज, भोलि र जहिल्यै’ लेखेकी थिइन् ।

गौरीको यो पोस्टमा कैयौंले प्रतिक्रिया दिँदै सुहानालाई शुभकामना दिएका थिए । त्यही भीडमा एक प्रयोगकर्ताले प्रतिक्रिया दिँदै सुहानासँग आफूले विवाह गर्न चाहेको उल्लेख गरेका थिए ।

‘गौरी मेम मेरो विवाह सुहानासँग गराइदिनुहोला । मेरो मासिक तलब एकलाख बढी छ’, ती प्रयोगकर्ताले लेखेका छन् ।

ती व्यक्तिको यो प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएको छ । कैयौंले यो प्रतिक्रियामा अर्को प्रतिक्रिया दिँदै ‘तस्वीरमा सुहानाले बोकेको ब्यागको मूल्य नै तीन लाख रुपैंयाँ हो’ भनी लेखेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ४५ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार