२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पीसीआर परीक्षणमा ८ हजार ३८७ र ६३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४९ जना गरी कुल ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा ३५, ओखलढुंगामा २४, खोटाङमा ३, झापामा १८०, ताप्लेजुङमा ६, तेह्रथुम १, धनकुटामा ११५, पाँचथर ४, भोजपुरमा ३, मोरङमा ४१७, संखुवासभामा ११, सोलुखुम्बु २ र सुनसरी २६७ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ११७, पर्सामा ३१,  बारामा ५८, महोत्तरीमा ३०, रौतहटमा १४, सप्तरीमा ८१, सर्लाहीमा १७३ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८६३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ३२८, चितवनमा ११९, दोलखामा ४९, धादिङमा २०१, नुवाकोटमा ६९, भक्तपुरमा ३२३, मकवानपुरमा १०३, रसुवा ५९, रामेछापमा १४३, ललितपुरमा ४२७, सिन्धुपाल्चोकमा २७१ र सिन्धुली ७५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५७८, गोरखामा १२१, तनहुँमा ६८, नवलपरासी पूर्वमा ६५, पर्वत ११२, म्याग्दी १९,  लमजुङमा १४४, बागलुङमा ७ र स्याङजामा ३८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ८, गुल्मीमा ७, दाङमा १५९५, नवलपरासीमा २४, पाल्पामा ७७, प्यूठानमा ९, बर्दियाका ६५, बाँकेमा ९५, रुकुम पूर्व १, रुपन्देहीमा २२४ र रोल्पामा ८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा २, जुम्ला ९, दैलेखमा ३९, रुकुम पश्चिममा ४, सल्यानमा २६, सुर्खेतमा १४४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ९२, कञ्चनपुरमा १३०, कैलालीमा ३७५, डडेल्धुरामा ३३, डोटी ५, दार्चुला २३, बझाङ १ र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ०८ बजे

ट्रंकलाइन विवाद : संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली– पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

त्रिशूली– स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्जनमा समस्या भएको छ। नुवाकोटको