२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पीसीआर परीक्षणमा ८ हजार ३८७ र ६३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४९ जना गरी कुल ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा ३५, ओखलढुंगामा २४, खोटाङमा ३, झापामा १८०, ताप्लेजुङमा ६, तेह्रथुम १, धनकुटामा ११५, पाँचथर ४, भोजपुरमा ३, मोरङमा ४१७, संखुवासभामा ११, सोलुखुम्बु २ र सुनसरी २६७ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ११७, पर्सामा ३१,  बारामा ५८, महोत्तरीमा ३०, रौतहटमा १४, सप्तरीमा ८१, सर्लाहीमा १७३ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८६३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ३२८, चितवनमा ११९, दोलखामा ४९, धादिङमा २०१, नुवाकोटमा ६९, भक्तपुरमा ३२३, मकवानपुरमा १०३, रसुवा ५९, रामेछापमा १४३, ललितपुरमा ४२७, सिन्धुपाल्चोकमा २७१ र सिन्धुली ७५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५७८, गोरखामा १२१, तनहुँमा ६८, नवलपरासी पूर्वमा ६५, पर्वत ११२, म्याग्दी १९,  लमजुङमा १४४, बागलुङमा ७ र स्याङजामा ३८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ८, गुल्मीमा ७, दाङमा १५९५, नवलपरासीमा २४, पाल्पामा ७७, प्यूठानमा ९, बर्दियाका ६५, बाँकेमा ९५, रुकुम पूर्व १, रुपन्देहीमा २२४ र रोल्पामा ८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा २, जुम्ला ९, दैलेखमा ३९, रुकुम पश्चिममा ४, सल्यानमा २६, सुर्खेतमा १४४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ९२, कञ्चनपुरमा १३०, कैलालीमा ३७५, डडेल्धुरामा ३३, डोटी ५, दार्चुला २३, बझाङ १ र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ०८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क