क्यान्सर अस्पतालमा अक्सिजन अभाव « Khabarhub

क्यान्सर अस्पतालमा अक्सिजन अभाव


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ ।

पर्याप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा सङ्क्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ ।

अस्पतालमको अक्सिजन प्लाण्टको ५० वटा मात्रै सिलिण्डर भर्न सक्ने क्षमता छ । बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १ सय ४४ शय्यामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा कोभिडका लागि जनरल बेड ९०, एचडीयु ४०, आइसीयु ११ र ३ भेन्टिलेटर छन् ।

कोभिडको दोस्रो महामारी लगत्तै क्यान्सरका बिरामीको चापमा कमी आएपछि अस्पतालले क्यान्सर बाहेकका अन्य कोरोना सङ्क्रमितको पनि उपचार गर्ने गरी वार्ड तयार पारेको हो । अस्पतालको आफ्नै कोभिड–१९ प्रयोगशाला समेत छ । अहिलेसम्म जेनेतेन अक्सिजनको व्यवस्थापन गरिरहेको बताउँदै कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने, “बिरामी थपिदै जाँदा चुनौति पनि थपिदै गएको छ ।”
उनका अनुसार अधिकांश सङ्क्रमित अक्सिजनको सहारामा उपचार गर्नुपर्ने अवस्थाका रहेका छन् । अहिले हाइफ्लो अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने “अहिलेको मुख्य समस्या अक्सिजन व्यवस्थापनै हो ।”

उनले आवश्यक उपकरण थप गर्दै सङ्क्रमितको उपचारलाई सहज बनाइने बताए । अक्सिजन लिक्युड प्लाण्ट जडानका लागि बोलपत्र प्रक्रिया अघि बढेको गौतमले जानकारी दिए । सो प्लाण्ट सञ्चालनमा आउन करिब २ महिना लाग्ने देखिन्छ । सो प्लाण्टले एकै पटकमा १ सय ५० सिलिण्डर भर्न सक्नेछ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार अस्पतालमा ३६ जना एचडीयुमा, ७ जना आइसीयु २ जना भेन्टिलेटरमा सङ्क्रमित उपचारमा रहेका छन् । कोभिड वार्डबाट हालसम्म २१ जना डिस्चार्ज भएका छन् । १७ जनाले ज्यान गुमाएका छन् ।

“हामीसँग १–२ घण्टाको पनि रिजर्व गर्ने क्षमता छैन”, शर्माले भने, “अक्सिजन लिन गएको गाडी बीच बाटोमै बिग्रेमा वा प्लाण्टमा केही ढिलो भएमा यता बिरामी थप जोखिममा पुग्ने अवस्था छ, यस्ता समस्या दिनहुँ भोगिरहेका छौँ ।”

स्थानीय प्रशासनले समन्वय गरिदिए मात्रै कोभिडका जटिल बिरामीको उपचार गर्न सक्ने अवस्थामा आइपुगेको उनले बताए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : १५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क