मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली इराक प्रस्थान « Khabarhub

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली इराक प्रस्थान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इराकसँगको मैत्रीपूर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम मंगलबार इराक प्रस्थान गरेको छ ।

फिफाको सहयोगमा कतार एयरवेजको चार्टड विमानबाट नेपाली टिम इराक प्रस्थान गरेको हो । नेपाली टोलीलाई अन्तर्राष्ट्रय विमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विदाई गरे ।

जेठ १५ गते अर्थात शनिबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको हो । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम आइतबार कुवेत प्रस्थान गर्नेछ ।

इराक प्रस्थान गर्नुअघि राखेप सदस्य सचिव एवं नेपाली टोलीका अफिसियल रमेश सिलवालले नेपाली टोलीको हौसला बढाउन आफू पनि नेपाली टिमसँग जान लागेको बताएका थिए । उनले नेपाली फुटबलको समृद्धिका लागि भ्रमण राष्ट्रका फुटबल निकायसँग पनि छलफल गर्ने जनाए ।

नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट खेल्नेछ । जसमा नेपालले जुन तीन अर्थात जेठ २० गते चाइनीज ताइपेइसँग जुन सात अर्थात जेठ २५ गते जोर्डन र जुन ११ अर्थात जेठ २८ गते अष्ट्रेलियासँग छनौट खेल खेल्नेछ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसपटक प्रशिक्षक अब्दुल्लाहले टिममा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ५२ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष