मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली इराक प्रस्थान « Khabarhub

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली इराक प्रस्थान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इराकसँगको मैत्रीपूर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम मंगलबार इराक प्रस्थान गरेको छ ।

फिफाको सहयोगमा कतार एयरवेजको चार्टड विमानबाट नेपाली टिम इराक प्रस्थान गरेको हो । नेपाली टोलीलाई अन्तर्राष्ट्रय विमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विदाई गरे ।

जेठ १५ गते अर्थात शनिबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको हो । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम आइतबार कुवेत प्रस्थान गर्नेछ ।

इराक प्रस्थान गर्नुअघि राखेप सदस्य सचिव एवं नेपाली टोलीका अफिसियल रमेश सिलवालले नेपाली टोलीको हौसला बढाउन आफू पनि नेपाली टिमसँग जान लागेको बताएका थिए । उनले नेपाली फुटबलको समृद्धिका लागि भ्रमण राष्ट्रका फुटबल निकायसँग पनि छलफल गर्ने जनाए ।

नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट खेल्नेछ । जसमा नेपालले जुन तीन अर्थात जेठ २० गते चाइनीज ताइपेइसँग जुन सात अर्थात जेठ २५ गते जोर्डन र जुन ११ अर्थात जेठ २८ गते अष्ट्रेलियासँग छनौट खेल खेल्नेछ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसपटक प्रशिक्षक अब्दुल्लाहले टिममा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ५२ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको