गण्डकीको बजेट अधिवेशन आह्वान « Khabarhub

गण्डकीको बजेट अधिवेशन आह्वान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि बोलाइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १६ गते दिउँसो १ बजे पोखरास्थित सभागृह हलमा अधिवेशन बोलाउनका लागि सिफारिस गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भई वैशाख २ गते अन्त्य गरिएको थियो । प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएपछि प्रदेश सरकारको सिफारिसमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन मध्यरातमा अन्त्य गरेका थिए ।

अविश्वास प्रस्ताव दर्ता गर्दै कांग्रेससहितका विपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गरेपछि वैशाख १३ गते विशेष अधिवेशन शुरु भएको थियो ।

आगामी असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याउनु पर्ने भएकाले अधिवेशन डाकिएको हो ।

जेठ १६ गते बजेट अधिवेशन शुरु भएपछि दोस्रो दिन जेठ १७ गते विनियोजन विधियेक २०७८ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । बजेट ल्याउनुअघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाले पारित गर्नुपर्ने प्रावधान छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आगामी जेठ २८ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।

संविधानको धारा ६८ को ३ अनुसार ठूलो दलको हैसियतमा पुनः दोस्रो पटक मुख्यमन्त्री भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । गुरुङले दोस्रो पटक वैशाख २९ गते मुख्यमन्त्रीको सपथ लिएका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ३० बजे

भागेर होइन दृढताका साथ चुनौतीको समाधान खोज्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख