गण्डकीमा १ हजार ५४९ जना संक्रमित थपिए, १९ को मृत्यु | Khabarhub Khabarhub

गण्डकीमा १ हजार ५४९ जना संक्रमित थपिए, १९ को मृत्यु


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा कास्कीमा मात्रै ४४० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार २४ घण्टामा ३ हजार ३६८ जनामा गरिएको परीक्षण गरिएको थियो । जसमध्ये स्याङ्गजाका २४० जना, लमजुङका २३९, गोरखाका २२३, नवलपुरका १५६, पर्वतका ९२,तनहुँका ६२, म्याग्दीका ५१, मुस्ताङ जिल्लाका ४४ र बाग्लुङका २ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणका कारण मंगलबार गण्डकीमा थप १९ जनाको मृत्यु भएको छ । मंगलबार मृत्यु पुष्टी हुनेमा कास्कीका नौ जना, तनहुँ र स्याङ्गजाका २-२ जना तथा गोरखा, लमजुङ, नवलपुर, पर्वत, बाग्लुङ, र मुस्ताङका १-१ जना रहेका छन् ।

योसहित गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७० पुगेको निर्देशनालयले जनाएको छ ।

यसैबीच, गण्डकी प्रदेशबाट मंगलबार १ हजार २ सय ७७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : ०७ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको