गण्डकीमा १ हजार ५४९ जना संक्रमित थपिए, १९ को मृत्यु « Khabarhub

गण्डकीमा १ हजार ५४९ जना संक्रमित थपिए, १९ को मृत्यु


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा कास्कीमा मात्रै ४४० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार २४ घण्टामा ३ हजार ३६८ जनामा गरिएको परीक्षण गरिएको थियो । जसमध्ये स्याङ्गजाका २४० जना, लमजुङका २३९, गोरखाका २२३, नवलपुरका १५६, पर्वतका ९२,तनहुँका ६२, म्याग्दीका ५१, मुस्ताङ जिल्लाका ४४ र बाग्लुङका २ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणका कारण मंगलबार गण्डकीमा थप १९ जनाको मृत्यु भएको छ । मंगलबार मृत्यु पुष्टी हुनेमा कास्कीका नौ जना, तनहुँ र स्याङ्गजाका २-२ जना तथा गोरखा, लमजुङ, नवलपुर, पर्वत, बाग्लुङ, र मुस्ताङका १-१ जना रहेका छन् ।

योसहित गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७० पुगेको निर्देशनालयले जनाएको छ ।

यसैबीच, गण्डकी प्रदेशबाट मंगलबार १ हजार २ सय ७७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : ०७ बजे

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

तराईसहित विभिन्न स्थानमा वर्षा : उखरमाउलो गर्मीमा राहत

काठमाडौं – पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा