खानेपानी सुविधासँगै हट्यो सामाजिक द्वन्द्व « Khabarhub

खानेपानी सुविधासँगै हट्यो सामाजिक द्वन्द्व


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द्व हटेर शान्ति र मेलमिलाप कायम भएको छ । राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ । गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत खानेपानी सुविधा विस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो ।

घरघरमा जडित निजी धारामा नियमितरूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्वन्द्व हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताए ।

“यसअघि सार्वजनिक धारा, कुवा, पँधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौँ । पानीको स्रोत कम हुँदा विवाद र झगडा हुने गरेको थियो । विवादले हैरान भएको थियो,” उनले भने, “घरघरका धारामा पानी आउन थालेपछि विवाद र झगडा हुन छाडेको छ ।”

रघुगङ्गाको रु ४९ लाख अनुदान सहयोग र स्थानीयवासीको रु १२ लाख बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । घट्टटोलको मुहानबाट ल्याइएको पानी दुई वटा छ हजार र दुई वटा पाँच हजार लिटर क्षमताका ट्याङ्कीमा सङ्कलन गरी आठ किलोमिटर पाइप लाइनमार्फत घरघरमा वितरण गरिएको छ ।

खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए । राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोहोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुविधा भएको छ । आँगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुविधासँगै समयको बचत भएको स्थानीयवासी घ्युकुमारी शाहीले बताइन ।

“धारामा जान र आउन ३० मिनेट लाग्थ्यो, खडेरीमा घण्टौँ पालो कुरेर बस्नुपर्दा निकै दुःख थियो”, उनले भनिन्, “अहिले चाहिएको बेलामा आवश्यकतानुसार पानी उपभोग गर्न पाएका छौँ । सरसफाइ सुधार र दैनिकी सहज भएको छ ।” वडाध्यक्ष रिम कटुवालका अनुसार गाउँपालिकाले विसं २०७५ मा रु ५० लाख विनियोजन गरेर गौरवको आयोजनाका रूपमा करिब दुई हजार घरधुरीको बसोबास रहेको भगवतीमा निजी धारासहितको खानेपानी योजना शुरु गरेको थियो ।

“पहिलो वर्ष सिजलगाउँ र देउपूर्णमा निर्माण गरिएको खानेपानी आयोजनालाई सुधार र व्यवस्थित गर्दैछौँ”, उनले भने, “आगामी आर्थिक वर्षमा रिनिरौतारी, माझखर्क र चौरका सबै घरमा खानेपानी वितरण गर्न रु २५ लाख विनियोजन भएको छ । साझपानी, हटिया, मैदान र पखटोलमा प्रदेश सरकारले खानेपानी आयोजना निर्माण गरिरहेको छ ।”

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : ०१ बजे

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा

सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डमा गठन भएको कर्मचारी यूनियन भंग

पर्वतमा शिक्षक संगठनको जिल्ला समिति भंग

पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग