प्रचण्ड स्वयम् अवैध छन् त्यसैले राष्ट्रपति भन्दा राजाको मान गर्छन् : सूर्य थापा « Khabarhub

प्रचण्ड स्वयम् अवैध छन् त्यसैले राष्ट्रपति भन्दा राजाको मान गर्छन् : सूर्य थापा


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु स्वभाविक भएको बताएका छन् ।

शुक्रबार ट्विट गर्दै थापाले पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष ‘प्रचण्ड’ र माओवादी केन्द्र पार्टी नै वैधानिक नरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन् । निर्वाचन आयोग, प्रचण्ड र माकेको अविलम्ब ध्यानाकर्षण हुनुपर्छ । २०७५ जेठ ३ यताको ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि ६ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् । अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त ?’

पार्टी वैधानिक हुन अनिवार्य: कानून परिपालना गरेको हुनैपर्ने भन्दै थापाले गैर–कानुनी रूपमा चलेकाहरुले अरूलाई प्रश्न उठाउन नमिल्ने बताए ।

थापाले लेखेका छन्, ‘कानुनीराजको बर्खिलापका कार्य दण्डनीय छन् । प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ । वैधानिक हैसियतविना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन् ।’

विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा बिहीबार प्रचण्डले राष्ट्रपतिभन्दा राजाकै बढी शान, मान र इज्जत रहेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ११ : ४५ बजे

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने