करिश्माको खुलासा–पतिले उनका साथीसँग एकरात सुत्न बाध्य बनाए | Khabarhub Khabarhub

करिश्माको खुलासा–पतिले उनका साथीसँग एकरात सुत्न बाध्य बनाए


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडमा ट्रेण्ड परिवर्तन गर्ने अभिनेत्रीको नाम लिँदा करिश्मा कपूरको नाम छुट्दैन । सन् १९७४ जून २५ मा जन्मिएकी करिश्मा सन् ९० को दशकमा बलिउडकी हिट अभिनेत्री थिइन् ।

अभिनेता रणधीर कपूर र आमा बबिता कपूरकी छोरी भए पनि करिश्मालाई फिल्ममा प्रवेश गर्नु सजिलो थिएन । फिल्ममा आउने निर्णय लिँदा उनको परिवारबाट नै विरोधको सामना गर्नुपर्यो ।

तत्कालीन समयमा कपूर वंशजको छोरी फिल्ममा आउनु राम्रो मानिदैन थियो । तर करिश्मालाई आमा बबिताले साथ दिइन् ।

सन् १९९१ मा १७ वर्षको उमेरमा करिश्माले फिल्म ‘प्रेम कैदी’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्म हिट त भयो, तर यो फिल्ममा उनको रुपलाई लिएर निकै मजाक बनाइएको थियो । कतिले उनलाई ‘लेडी रणधीर कपूर’ भने त कतिले उनी केटाजस्तै देखियोसम्म भने ।

अभिनेता गोविन्दासँग उनको जोडी निकै जम्यो । गोविन्दासँग उनले ‘राजा बाबु’, ‘हीरो नं वन’, ‘कुली नं वन’, ‘साजन चले ससुराल’ जस्ता हिट फिल्म दिइन् ।

सन् १९९६ मा रिलिज फिल्म ‘राजा हिन्दुस्तानी’ करिश्माको करियरकै सबैभन्दा हिट फिल्म साबित भयो । उनले ‘जुबैदा’, ‘शक्ति’, ‘फिजा’ जस्ता फिल्मबाट आफ्नो अभिनय कलालाई थप बाहिर ल्याइन् ।

उनले सन् २००३ मा नयाँदिल्लीका व्यवसायी सञ्जय कपूरसँग विवाह गरिन् । उनको दुई सन्तान छोरी समायरा र छोरा कियान कपूर छन् । तर उनको वैवाहिक जीवन राम्रोसँग चलेन ।

सन् २०१४ मा दुवैले आपसी सहमतिमा सम्बन्धविच्छेद गरे । सम्बन्धविच्छेदको चार वर्षपछि करिश्माले आफ्नो विवाहलाई लिएर एउटा ठूलो खुलासा गरिन् ।

‘हनिमुनको समयमा आफ्ना साथीसँग सञ्जयले मेरो मोलमोलाई गरे । उनले उनका साथीसँग एकरात सुत्न बाध्य बनाए’, उनले खुलासा गरेकी थिइन् । उनले सासुले आफूमाथि कुटपिट गरेको आरोप पनि लगाइन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ०० बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा