करिश्माको खुलासा–पतिले उनका साथीसँग एकरात सुत्न बाध्य बनाए « Khabarhub

करिश्माको खुलासा–पतिले उनका साथीसँग एकरात सुत्न बाध्य बनाए


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडमा ट्रेण्ड परिवर्तन गर्ने अभिनेत्रीको नाम लिँदा करिश्मा कपूरको नाम छुट्दैन । सन् १९७४ जून २५ मा जन्मिएकी करिश्मा सन् ९० को दशकमा बलिउडकी हिट अभिनेत्री थिइन् ।

अभिनेता रणधीर कपूर र आमा बबिता कपूरकी छोरी भए पनि करिश्मालाई फिल्ममा प्रवेश गर्नु सजिलो थिएन । फिल्ममा आउने निर्णय लिँदा उनको परिवारबाट नै विरोधको सामना गर्नुपर्यो ।

तत्कालीन समयमा कपूर वंशजको छोरी फिल्ममा आउनु राम्रो मानिदैन थियो । तर करिश्मालाई आमा बबिताले साथ दिइन् ।

सन् १९९१ मा १७ वर्षको उमेरमा करिश्माले फिल्म ‘प्रेम कैदी’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्म हिट त भयो, तर यो फिल्ममा उनको रुपलाई लिएर निकै मजाक बनाइएको थियो । कतिले उनलाई ‘लेडी रणधीर कपूर’ भने त कतिले उनी केटाजस्तै देखियोसम्म भने ।

अभिनेता गोविन्दासँग उनको जोडी निकै जम्यो । गोविन्दासँग उनले ‘राजा बाबु’, ‘हीरो नं वन’, ‘कुली नं वन’, ‘साजन चले ससुराल’ जस्ता हिट फिल्म दिइन् ।

सन् १९९६ मा रिलिज फिल्म ‘राजा हिन्दुस्तानी’ करिश्माको करियरकै सबैभन्दा हिट फिल्म साबित भयो । उनले ‘जुबैदा’, ‘शक्ति’, ‘फिजा’ जस्ता फिल्मबाट आफ्नो अभिनय कलालाई थप बाहिर ल्याइन् ।

उनले सन् २००३ मा नयाँदिल्लीका व्यवसायी सञ्जय कपूरसँग विवाह गरिन् । उनको दुई सन्तान छोरी समायरा र छोरा कियान कपूर छन् । तर उनको वैवाहिक जीवन राम्रोसँग चलेन ।

सन् २०१४ मा दुवैले आपसी सहमतिमा सम्बन्धविच्छेद गरे । सम्बन्धविच्छेदको चार वर्षपछि करिश्माले आफ्नो विवाहलाई लिएर एउटा ठूलो खुलासा गरिन् ।

‘हनिमुनको समयमा आफ्ना साथीसँग सञ्जयले मेरो मोलमोलाई गरे । उनले उनका साथीसँग एकरात सुत्न बाध्य बनाए’, उनले खुलासा गरेकी थिइन् । उनले सासुले आफूमाथि कुटपिट गरेको आरोप पनि लगाइन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ०० बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा