बलिउडमा शाहरुखको ३० वर्ष पुरा « Khabarhub

बलिउडमा शाहरुखको ३० वर्ष पुरा


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता शाहरुख खानले बलिउड यात्राको ३० वर्ष पुरा गरेका छन् । उनले ऋषि कपूर र दिव्या भारती स्टारर फिल्म ‘दिवाना’बाट बलिउड यात्रा सुरु गरेका थिए ।

बलिउडको ३० वर्षे यात्रा पुरा गरेको खुशीमा उनले ट्वीटरमार्फत आफ्ना फ्यानप्रति आभार व्यक्त गरेका छन् । भावुक किसिमले लेखिएको उनको ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ट्वीटरमा ‘३०गोल्डेन इयर्स अफ एसआरके’ ट्रेण्ड बनाइएको छ ।

‘काम गरिरहेको छु । अहिले हेरिरहेको छु, तपाईंहरुको यति धेरै प्रेम । जो तपाईहरु ३० वर्षदेखि ममाथि दिइरहनुभएको छ । अहिले महशुस भएको छ कि तपाईंलाई मनोरञ्जन दिने कोशिस गर्दा मैले आफ्नो आधा बढी जिन्दगी बिताइसकेछु । भोलि थोरै समय निकाले तपाईंहरुसँग कुरा गर्नेछु । यो प्रेमका लागि धन्यवाद’, उनले ट्वीट गरेका छन् ।

शाहरुखले फिल्म उद्योगमा पाइला चाल्दा उनका कोही ‘गडफादर’ थिएनन्, न त उनलाई कसैले सिफारिस नै गरेको थियो । आफ्नै मेहनतले उनले सफलताको कथा लेखे ।

टेलिभिजनको अभिनय हुँदै फिल्मी अभिनयमा आएका शाहरुखले सकारात्मक र नकारात्मक दुवै भूमिका निभाए ।

उनले फिल्ममा आउनासाथ विवाह गरे । त्यसपछि उनी पर्दामा आफ्नो रोमान्टिक छविलाई प्रस्तुत गर्न थाले ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : १५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी