बलिउडमा शाहरुखको ३० वर्ष पुरा « Khabarhub

बलिउडमा शाहरुखको ३० वर्ष पुरा


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता शाहरुख खानले बलिउड यात्राको ३० वर्ष पुरा गरेका छन् । उनले ऋषि कपूर र दिव्या भारती स्टारर फिल्म ‘दिवाना’बाट बलिउड यात्रा सुरु गरेका थिए ।

बलिउडको ३० वर्षे यात्रा पुरा गरेको खुशीमा उनले ट्वीटरमार्फत आफ्ना फ्यानप्रति आभार व्यक्त गरेका छन् । भावुक किसिमले लेखिएको उनको ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ट्वीटरमा ‘३०गोल्डेन इयर्स अफ एसआरके’ ट्रेण्ड बनाइएको छ ।

‘काम गरिरहेको छु । अहिले हेरिरहेको छु, तपाईंहरुको यति धेरै प्रेम । जो तपाईहरु ३० वर्षदेखि ममाथि दिइरहनुभएको छ । अहिले महशुस भएको छ कि तपाईंलाई मनोरञ्जन दिने कोशिस गर्दा मैले आफ्नो आधा बढी जिन्दगी बिताइसकेछु । भोलि थोरै समय निकाले तपाईंहरुसँग कुरा गर्नेछु । यो प्रेमका लागि धन्यवाद’, उनले ट्वीट गरेका छन् ।

शाहरुखले फिल्म उद्योगमा पाइला चाल्दा उनका कोही ‘गडफादर’ थिएनन्, न त उनलाई कसैले सिफारिस नै गरेको थियो । आफ्नै मेहनतले उनले सफलताको कथा लेखे ।

टेलिभिजनको अभिनय हुँदै फिल्मी अभिनयमा आएका शाहरुखले सकारात्मक र नकारात्मक दुवै भूमिका निभाए ।

उनले फिल्ममा आउनासाथ विवाह गरे । त्यसपछि उनी पर्दामा आफ्नो रोमान्टिक छविलाई प्रस्तुत गर्न थाले ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : १५ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने