इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

प्रमुख विशेषज्ञ डा पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए ।

यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ३० बजे

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने