तिब्बतमा पहिलोपटक बुलेट रेल शुरू « Khabarhub

तिब्बतमा पहिलोपटक बुलेट रेल शुरू


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले तिब्बतबाट पहिलोपटक बुलेट रेल सेवा शुरू गरेको छ । तिब्बतको राजधानी ल्हासा र निंगचीबीच बुलेट रेल शुक्रबारदेखि सञ्चालन भएको हो ।

उक्त रेलको रेलमार्गको रुट ४३५.५ किलोमिटर रहेको बताइएको छ । आगामी जुलाई १ मा चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले आफ्नो शताब्दी वर्ष मनाउन लाग्दा यो रेल सेवाको उद्घाटन गरिएको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले तिब्बत स्वायत्र क्षेत्रमा शुक्रबार पहिलोपटक बिजुलीबाट सञ्चालित बुलेट रेलको शुरुवात भएको जनाएको छ । सिचुआन तिब्बत रेल्वे मातहत सञ्चालित उक्त रेल सेवा तिब्बतमा किंगाची–तिब्बत रेल्लेपछिको दोस्रो रेल सेवा भएको बताइएको छ ।

गत वर्षको नोभेम्बरमा चिनियाँ राष्ट्रपति शि जिनपिंगले तिब्बतमा नयाँ रेल परियोजनाका लागि निर्देशन दिएको थिए । यो नयाँ रेल मार्गले सीमाको सुरक्षा तथा स्थिरतामा ठूलो भूमिका खेल्ने बताइएको छ ।

नयाँ रेल सेवाले ल्हासा र चेंगदुबीचको ४८ घण्टाको यात्रालाई घाटाएर अब १३ घण्टामा झारिदिएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : २५ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि