महाकाली राजमार्ग अवरुद्ध « Khabarhub

महाकाली राजमार्ग अवरुद्ध


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– पहिराका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।

राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारी साधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटामै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग सडक खुलाउने प्रयास भइरहेको केही घण्टाभित्रै सडक पुनः सञ्चालन हुने प्रहरीले जनाएको छ ।

उक्त ठाउँमा यसअघि पनि पहिरो खसेको थियो । यसअघि लगातारको वर्षाले गर्दा उक्त स्थानमा पहिरो खस्दा यही असार ५ गतेदेखि चारपटक राजमार्ग अवरुद्ध भइसकेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : ०५ बजे

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने