अंश विवादमा बाबुको हत्या « Khabarhub

अंश विवादमा बाबुको हत्या


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा छोराले बाबुको हत्या गरेको छ । अंश विवादमा छोराले बिहीबार राति बाबुको हत्या गरेका छन् ।

धनुषाधाम नगरपालिका– १ काशिपुर बस्ने ७० वर्षीय विशो यादवलाई आफ्नै कान्छो छोरा श्रीकृष्ण यादवले हत्या गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

विवाद भएपछि आक्रोसमा आएर छोरा श्रीकृष्णले मसला कुट्ने खलले प्रहार गरी बाबुको हत्या गरेको प्रहरीको दाबी छ ।

अंशबण्डा र अन्य घरायसी विवादका कारण घरमा निरन्तर झै घगडा तथा कुटपिट भइरहेको स्थानीयको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विशोका कान्छो छोरालाई पक्राउ गरेको छ ।

सोधपुछको क्रममा अपराध स्वीकार गरेपछि उनलाई घरबाटै पक्राउ गरिएको डिएसपी मिश्रले बताए ।

मृतक यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । मृतक यादवका तीन छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : ३५ बजे

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, दर्जनौँ घाइते

लापाज- बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको