व्यक्तिगत हितका लागि नआउनू, नतिजामुखी काम गर्नू : गृहमन्त्री पौडेल « Khabarhub

व्यक्तिगत हितका लागि नआउनू, नतिजामुखी काम गर्नू : गृहमन्त्री पौडेल


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री विष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् । उनले मातहतका कार्यालयको काममा आफूले हस्तक्षेप नगर्ने तर आफूलाई नतिजा चाहिने जिकिर गरे ।

मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफूलाई भेट्न नआउन निर्देशन दिए । त्यस्तै उनले अदालतमा भएका मुद्दा र राजनीतिक परिस्थितिको प्रभाव गृह प्रशासनमा पार्न नहुने भन्दै नियमित काममा केन्द्रीत हुन पनि निर्देशन दिए ।

गृहमन्त्री पौडेलले मनसुनको अवस्थामा हुन सक्ने प्राकृतिक प्रकोपपछिको उद्धारको काममा तयारी अवस्थामा जुट्न निर्देशन दिए ।

उनले अहिले दलीय व्यवस्थाको निर्दलीय परिभाषा गर्ने चेष्टा भएको भन्दै दलीय व्यवस्थाप्रति गहिरो प्रतिवद्धता रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरी ५ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ४ : २५ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र