यूएईमा श्रीमती हत्याको आरोपमा एक नेपालीलाई २५ वर्ष जेल सजाय « Khabarhub

यूएईमा श्रीमती हत्याको आरोपमा एक नेपालीलाई २५ वर्ष जेल सजाय


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– संयुक्त अरब इमिरेट्स (यूएई)मा श्रीमती हत्या गरेको आरोपमा एक नेपाली युवालाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

दुबई फौजदारी अदालतले श्रीमती हत्याको आरोपमा नेपाली नागरिकलाई २५ वर्ष जेल सजाय सुनाएको खालीज टाइम्सले जनाएको छ ।

ती युवाले श्रीमतीलाई टाउको, छाती, घाँटी र पेटमा गरी ११ पटकसम्म छुरा प्रहार गरी हत्या गरेको पुष्टी भएपछि उनीमाथि आजीवन कारावासको सजाय सुनाएको खालीज टाइम्स पत्रिकाले जनाएको छ ।

सो अवधिको जेल सजाय भुक्तानपछि मात्र उनलाई नेपाल ‘डिपोर्ट’ गरिने दुबई फौजदारी अदालतले जनाएको छ ।

प्रहरी रेकर्ड अनुसार उनले २५ सेप्टेम्बर २०२० मा श्रीमतीको हत्या लगतै उनी शेख जायद रोडमा २१ औं शताब्दी टावर बाहिरबाट पक्राऊ परेका थिए।

उनीहरूको बिहे सन् २०१९ मा भएको थियो। श्रीमतीले परपुरुषसँग अवैध सम्बन्ध राखेको हुँदा हत्या गरेको ती युवाले प्रहरीसमक्ष बयान दिएका छन् ।

घटनाको दिन ती युवाले आफ्नी श्रीमतीलाई फोन गर्दा अपरिचित पुरुषले उठाएर आफूहरूलाई ‘डिस्टर्ब’ नगर्न भनेको समेत समाचारमा जनाइएको छ । उक्त घटनापछि ती युवाहले नजिकैको सुपरमार्केटबाट चक्कु किनेर श्रीमती घर फर्कने बाटो कुरेर बसेको पत्रिकाले लेखेको छ ।

प्रहारीले हत्यामा प्रयोग गरिएको चक्कु समेत बरामद गरेको छ । भवनका सुरक्षा गार्ड र एक जना ‘डेलिभरी ब्वाई’ को बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनले सरकारी वकिलहरुलाई आफूले अपराध स्वीकार गरेको र श्रीमतीको हत्या गरेकोमा दु:खी नभएको बयान दिएका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : ३६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार