पारदर्शी ढंगले क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने पौडेल पक्षीय नेताहरुको निष्कर्ष  « Khabarhub

पारदर्शी ढंगले क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने पौडेल पक्षीय नेताहरुको निष्कर्ष 


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेताहरुले निष्पक्षताका साथ क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा नेताहरुले निष्पक्षताका साथ क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने र क्रियाशील सदस्यता छानविन समितिले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने निष्कर्ष निकालेको हो ।

वडा समितिको अधिवेशन अघि नै क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने निष्कर्ष निकालिएको छलफलमा सहभागी कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए ।

त्यस्तै सभापतिको उम्मेदवारका विषयमा पनि छलफल भएको उनले बताए । त्यस्तै नेता अर्जुन नरसिंह केसीले क्रियाशील सदस्यता वितरणमा त्रुटी देखिएकोले पारदर्शी ढंगले यस विषयको अन्तिम टुङ्गो लाग्नुपर्ने बताए ।

महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल भएको नेताहरुले जनाएका छन् । महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् । वरिष्ठ नेता पौडेलसहित सो समूहको छलफलमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला लगायतका नेताहरुको सहभागी भएका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ०१ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक