मेलम्चीको स्थलगत अध्ययन गरिने « Khabarhub

मेलम्चीको स्थलगत अध्ययन गरिने


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले असार १ गते आएको बाढी पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु क्षेत्रको स्थलगत अध्ययन गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाएको हो । शुक्रबार खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री बसन्त नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताए ।

मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उनको जोड छ । अहिलेसम्म सडक, पुललगायत पूर्वाधार बने पनि लामो समयसम्म मन्त्रालय स्रोतलगायत कुरामा अल्झेको मन्त्री नेम्वाङले बताए । ‘लिफ्ट’मार्फत गरिने डिप बोरिङमा आयोजना कसरी सञ्चालन भइरहेको छ भन्ने ‘फलोअप’ हुनुपर्नेमा उनको जोड छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । मन्त्री नेम्वाङले सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

 नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यसबीचमा उनले झण्डै सात महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ३० बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका