नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा | Khabarhub Khabarhub

नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मर्स्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् ।

चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहितका विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायतका दर्जनौं भवन जोखिममा परेका हुन् । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेवल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताए ।

“नदीले जग्गा कटान गर्न थालेपछि त्यहाँस्थित लोकप्रिय माध्यमिक विद्यालय, सिटीजन बैङ्क, प्रभु बैङ्क, रोयल गार्डेनसहित तीन वटा होटेल र नेपाल रेडक्रस सोसाइटीको भवन जोखिममा परेका छन्”, उनले भने, “तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन् ।” नदीमा आएको बाढीले मोटरेवल पुललाई डुवाएर बहाव परिवर्तन गरेको उनको भनाइ छ ।

माटरेवल मोटरेवल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ । लगातारको वर्षाले नदीको बहाव उच्च भएर धार विद्यालय रहेको क्षेत्र भएर बग्नेक्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी बताउँछन् ।

नदीमा पानीको बहाव कम नहुँदा मोटरेवल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “बाढीलाई पुलले छेक्दा नदीले बस्तीतर्फ कटान गरेको छ”, उनले भने, “पुललाई हटाउन सक्ने अवस्था पनि छैन, हाल नदीमा बाढी कम हुने अवस्था पनि देखिएको छैन, यसले गर्दा जोखिम अझ बढाएको छ ।” पुलको उचाई कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ ।

नदीले वस्तीतर्फ कटान गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । “नदीले वस्तीतर्फ नै कटान गरेको छ । यसले हामी राति सुत्न पाएका छैनौं, कतिखेर बाढीले बगाएर लग्ने हो भन्ने डरत्रामा हामी बाँचिरहेका छौं”, स्थानीयवासी मेलिना गुरुङले भनिन्, “वस्ती र विद्यालय संरक्षणका लागि तत्काल नदी नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।” –रासस

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : १५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल