नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा « Khabarhub

नदीको बहाव परिवर्तन हुँदा चामे गाउँपालिका उच्च जोखिममा


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मर्स्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् ।

चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहितका विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायतका दर्जनौं भवन जोखिममा परेका हुन् । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेवल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताए ।

“नदीले जग्गा कटान गर्न थालेपछि त्यहाँस्थित लोकप्रिय माध्यमिक विद्यालय, सिटीजन बैङ्क, प्रभु बैङ्क, रोयल गार्डेनसहित तीन वटा होटेल र नेपाल रेडक्रस सोसाइटीको भवन जोखिममा परेका छन्”, उनले भने, “तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन् ।” नदीमा आएको बाढीले मोटरेवल पुललाई डुवाएर बहाव परिवर्तन गरेको उनको भनाइ छ ।

माटरेवल मोटरेवल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ । लगातारको वर्षाले नदीको बहाव उच्च भएर धार विद्यालय रहेको क्षेत्र भएर बग्नेक्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी बताउँछन् ।

नदीमा पानीको बहाव कम नहुँदा मोटरेवल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “बाढीलाई पुलले छेक्दा नदीले बस्तीतर्फ कटान गरेको छ”, उनले भने, “पुललाई हटाउन सक्ने अवस्था पनि छैन, हाल नदीमा बाढी कम हुने अवस्था पनि देखिएको छैन, यसले गर्दा जोखिम अझ बढाएको छ ।” पुलको उचाई कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ ।

नदीले वस्तीतर्फ कटान गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । “नदीले वस्तीतर्फ नै कटान गरेको छ । यसले हामी राति सुत्न पाएका छैनौं, कतिखेर बाढीले बगाएर लग्ने हो भन्ने डरत्रामा हामी बाँचिरहेका छौं”, स्थानीयवासी मेलिना गुरुङले भनिन्, “वस्ती र विद्यालय संरक्षणका लागि तत्काल नदी नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।” –रासस

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : १५ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक