एनआरएनए कुवेतको अध्यक्षमा लामा | Khabarhub Khabarhub

एनआरएनए कुवेतको अध्यक्षमा लामा


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा निर्विरोध चयन भएका छन् ।

शुक्रबार सम्पन्न भएको परिषद्को अधिबेशनमा कार्यकाल २०२१–२०२३ कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

जसको उपाध्यक्षमा टिका आचार्य, माधव शाही, उमेश पुडासैनी, महिला उपाध्यक्षमा अमृता वान्तावा,महासचिवमा पुन: मानबहादुर पाख्रीन, सचिवमा पुनः जीवन कुमार विश्वकर्मा, मनिश केसी, कोषाध्यक्षमा प्रेमप्रसाद गुरुङ र सह कोषाध्यक्षमा सोनाम लामा निर्विरोध चयन भएको प्रमुख निर्वाचन आयुक्त सुजन केसीले जानकारी दिए ।

यस्तै युवा संयोजकमा नवराज पराजुली र दामोदार बटाला, सह-युवा संयोजक आङ्ग नुर्बु शेर्पा, महिला संयोजकमा रमिता योञ्जन तथा सह संयोजकमा सजिना गुरुङ चयन भएको निर्बाचन आयुक्त केसीले बताए ।

यसैगरी समितिको सदस्यहरुमा विजय धामी, जयनारायण माझी थारु, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाईं, बसन्त साम्बा, हेमन्त नगरकोटी तथा सरोज बास्ताकोटी चयन भएको उनले बताए ।

आईसीसी सदस्यमा भने माधव पौडेल र हरि लावती चयन भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ११ : २५ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै