९२ प्रतिशत रोपाइँ सकियो « Khabarhub

९२ प्रतिशत रोपाइँ सकियो


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बांँकी छ ।

कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाइँ सकिएको छ ।

ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ ।

भरतपुरको अन्य स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो । पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ शुरुआत गरिन्छ । धानपछि तरकारी लगाउने भएकाले चाँडै धान लगाउने चलन रहेको उनले जानकारी दिए ।

यही साउनको दोस्रो सातासम्म रोपाइँ सकिने अनुमान केन्द्रको छ । यसवर्ष वर्षात छिटो हुनु, मल बीउको अभाव खासै नभएकाले पनि रोपाइँ विगतका वर्षमा भन्दा चाँडो भएको उनको भनाइ छ । गत वर्षमा भदौको अन्त्यसम्म धान रोपाइँ हुने गर्दथ्यो ।

यहाँको खेतीयोग्य जमीनमध्ये वर्षभरि र मौसमी गरी ७२.७ प्रतिशत जमीनमा सहजै सिँचाइ पुगेको ज्ञान केन्द्रले जानएको छ । गतवर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धान लगाइएको थियो । चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन र वर्षेको ३ दशमलब ५२ छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ११ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)