लगातारको वर्षाले विद्यालय भवन भत्कियो | Khabarhub Khabarhub

लगातारको वर्षाले विद्यालय भवन भत्कियो


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– केही दिन यता परेको अविरल वर्षाका कारण हुम्लाको चंखेली गाउँपालिकामा रहेको एक विद्यालयमा क्षति पुगेको छ ।

चंखेली–४ को तल्लोपालिमा रहेको गणेश आधारभूत विद्यालय भवन वर्षाले भत्काएको हो ।

माथिबाट खसेको ढुङ्गाले विद्यालयको कक्षा १ र २ को कक्षा कोठा पूर्ण रुपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक सकराम ऐडीले जानकारी दिए ।

विद्यालयमा रहेको भौतिक सामग्रीलगायत विभिन्न सङ्घसंस्थाले सहयोग गरेका सामग्रीमा पनि क्षति पुगेको ऐडीले बताए । क्षति पुगेको विद्यालय भवन मर्मतको लागि चंखेली गाउँपालिकालाई अनुरोध गरिएको प्रधानध्यापक ऐडीले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : ४५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको